काठमाडौं ।
अर्थ मन्त्रालयले व्यावसायिक र औद्योगिक वातावरण बनाउन केन्द्रित हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन् ।
उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिए ।