काठमाडौं ।
साताको तेस्रो कारोबार दिन शेयर बजारका सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ बिन्दुमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ८.३३ अंक, फ्लट इन्डेक्स ३.३७ र सेन्सेटिभ फ्लट इन्डेक्स २.९० अंकले बढेको छ । आज २२१ कम्पनीको शेयरमूल्य बढेकोमा १७ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
नेप्से परिसूचकसँगै ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।