हेर्दाहेर्दै डेक्स,काठमाडौं।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका छन् ।
मनाङे दोषी ठहर हुनेबित्तिकै उनलाई पाँच वर्ष कैद सजाय तोकिएको छ।।न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।
उच्च अदालत पाटनले मङ्गलबार उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।