मैले आफैँले – आफैँलाई एक दिन प्रश्न गरे जनता भनेको काे हो ?
खेतीपाती गर्ने , घर बनाउने , सडक निर्माण गर्ने , आरा काट्ने , पुल निर्माण गर्ने, आदि मानिसहरूनैँ जनता हाे जस्तो लाग्छ । तर फेरि मेरो मनले भन्छ । मैले माथि उल्लेख्य गरिएको मान्छेलाई जनता भनाैँ भने यी मान्छेहरू नै सक्रिय रहेका राजनीतिक दलको कार्यक्रममा यिनीहरूकाे नैँ सक्रियता हुन्छ । पार्टीकाे चुनावी सभा हाेस् या अन्य कार्यक्रम नै किन यहीँ झुण्डा नै उपस्थित हुने गर्दछ । फेरि यी मान्छेहरूलाई जनता होइन भनाैँ भने यी मान्छेहरूकाे जीवनस्तर जहाँको त्यहीँ छ । केही परिवर्तन हुन सकेको छैन् । वास्तवमा भन्ने हो , भने यी मान्छेहरूको जीवनमा मात्र हो । परिवर्तन हुन नसकेको त , यिनका नेताहरूकाे त जीवन स्तरमा आमूल परिवर्तन भईसकेकाे छ । भन्दा केही फरक पर्ला जस्तो लाग्दैन् ।
ए मेरा देशका राजनेता भनाउँदा हो । जनताको छाेराछाेरीकाे लागि हाम्रो राजनीतिक हाे , भन्छाैँ । मुक्ति लागि हो ,भन्छाैँ । समानताको लागि हो भन्छाैँ । मान्छे – मान्छे भएर बाँच्न सक्ने र शाेषणवाट् मुक्त हुनका लागि हो भन्छाैँ । काेहीँ प्रजातान्त्रिक भाषण दिन्छौं । केहीँ वैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने हाम्रो मूल उदेश्य हाे , भन्छाैँ । जनताको छाेराे पनि तिम्रा कुरा सुनेर शिरमा राताे कफन बाँधेर क्रान्तिकाे रणमैद्वानमा अगाडि बढ्यो । उ परिवर्तनको भाेकाे छ । उ गरिबीको चरम उत्सर्ग पुगेको छ , उ मरे मुक्ति जिते संसार भनेर भुमिगत हुन गइरहेको छ । जनताको छाेराे सबैखाले क्रान्तिकाे अग्र मार्चामा छ।
तर के गर्नु जनताको छाेराे देश र जनताको लागि आज रगत बगाइ राखेकाे छ । तर उसको छाेराकाे कुनै अत्तोपत्तो छैन् । कहाँ ? छ। के ? गर्दै छ । उसको छाेराकाे केहीँ खबर थाहा छैन् । उ क्रान्तिकाे महानायक छ। छाेराे झाेला बाेकेर अमेरिका गएको छ । जनताको छाेराे स्वाधीनता भनेर आफ्नो जीवनकाल भर लागिरहेको छ । उसको छाेराे ग्रिनकार्ड जीवनभर लागिरहेछ । फरक यति मात्र भयाे । जनताको छाेराे उसैको पछि लागेर समाज , राष्ट्र र जनता भनेर हर्दम लागिरह्यो ।
तर उसको छाेराे समाज, राष्ट्र र जनता छाेड्दैँ बिदेशी कम्पनीको जागिरे भयो । उसले आफ्नो सालनाल गाँडेकाे ठाउँ बिर्सियाे । जनताको छाेराे, समाजवाद र साम्यवादी समाजको परिकल्पना गर्दै अघि बढिरह्याे । उसको छाेराे धनवाद र नवउदारवादकाे परिकल्पना गर्दै बढदैँ गयो । जनताको छाेराे सदैव दुखमा प्राताडिरह्याे, उसको छाेराे स्वदेशी जीवन दुख, कष्ट , अस्वास्थय, अज्ञानता भन्थाे । जनताको छाेराे स्वदेश स्वच्छ , सफा ,र हरावरा वातावरण भएको देश संसारमा यस्तो कुनै देश छ । भने त्यो नेपाल मात्र हाे ।भने ध्येयताका साथ जनताको छाेराे आफ्नो प्राण भन्द्वा प्याराे देश नेपाल बनाउन लागिरहेको थियोे ।
यसैँ सिलसिलामा दिनप्रतिदिनकाे दाैड धुपकाे कारणले गर्दा । उसले आफ्नाे स्वास्थ्यकाे कुनै प्रवाह नगरी भाेक , तिर्खा , अनिदाेँ इत्यादिकाे कारणले गर्दा जनताको छाेराे औँलो ज्वरोले थलिइएर अचेत मुर्दा जस्तो भयो । उसले यस्ताे अवस्थामा कुनै औषधी उपचार पाएन । यस्तो अवस्थामा हुदाँ पनि उसको नेताले उसलाई सम्झेन , कुनै पनि उपचार नपाएर जनताको छाेराले सधैंको लागि यश धर्तीबाट बिदा भएर परलाेककाे यात्रा अगाडि बडायाे ।
चाहिदाँ भाँडाे नचाहिदा ठाँँडाे सम्झेन नेपाली समाजकाे मनाेवृति हाे । आखिर उसको महान नेताले जनताको छाेराेलाई ठाँडाे नैँ ठान्याे । उसकै कारणले गर्दा उ राजनेताको सयलमा बस्न पाएकाे हाेइन ? उसकै त्याग तपस्या र उसको बलिदानीपूर्ण भावनाको कारणले गर्दा , उ नेता भएको हैन ? किन ? यस्तो अपमान , किन ? घृृणा , किन ? तृरष्कार , किन ? बहिष्कार , किन ? निषेध , आज एक – एक जवाफ चाहिन्छ । मलाई विगतका दिनमा उसले भनेको मुक्ति आज आएर सबै जनताले पाएँत । उसले भनेकाे समाजवाद सबै जनताले पाएँता कि उसको परिवारमा नै सिमित भयो कि जनताको घरमा आउने बाटो बिर्सियाे । एँ मेरै देशका राजनेता भनाउँदा हो । हामीले तिम्रा विरूद्व कति घाेक्राे सुकाउन । हामीले तिम्रो विरूद्व कति स्वर बसाउनु , तिमी देखावटी रूपमा जनताको पीडा, वेदना , अवसर लुटन माइकहरूमा बाेल्छाैँ । मैले जनताको अभाव , राेदन वास्तविक रूपमा देखिरहेको हुन्छु । तिमी र ममा फरक यति मात्र भयो । तिमी पाँचौ म छैठौं तिमी जनताको छाेराे मरेको कुरालाई सामान्य रूपमा लिन्छौं । म भने जनताको छाेराे मरेको कुरालाई असाधारण पिडाँकाे रूपमा लिइरहन्छु । म भने देशको आशा र भराेसा काे खम्बा सदैकाे लागि ढल्याे भनिरहेछु ।
“निबन्ध”
-सुदिप कुमार कार्की