दोलखा।
दोलखामा विद्यार्थीहरुलाई सडक सुरक्षाका कार्यक्रम सञ्चालन गरिएको छ। सोमबार जिल्लाको सदरमुकाम चरिकोट स्थित पशुपति कन्या माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको आयोजना तथा विद्यालयको प्रविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको ट्राफिक कार्यालय दोलखाले जनाएको छ। कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर करिब १ सय ५० जनाको उपस्थिति रहेको थियो।विद्यार्थीहरुलाई ट्राफिक नियमको आधारभुत जानकारी, ट्राफिक नियमको पुर्ण पालना,बाटोमा हिड्दा ध्यान दिनु पर्ने कुराहरु लगायत सवारी दुर्घटना हुनुका कारण र बच्ने उपायहरुको बारेमा प्रशिक्षण दिएको कार्यलयका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।
विद्यार्थीलाई प्रमुख भट्टराई र चरिघ्याङ टोल विकास समितिका अध्यक्ष दावा लामाले प्रशिक्षण दिएका थिए।त्यस्तै कार्यालयले दशै तिहार अघि जिल्लाको विभिन्न माध्यामिक विद्यालयहरुमा गरेको उक्त कार्यक्रम पुन आजदेखि संचालन गरेको हो।