राजकुमार भुजेल,दोलखा ।
दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर आउने पर्यटकलाई शुल्क लाग्ने भएको छ ।
कालिञ्चोक गाउँपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि कर लगाउने भएको हो।
गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीद्वारा हस्ताक्षरित निर्णयमा कालिञ्चोक मन्दिर आउने प्रति बसले ५० रुपैयाँ, जिप कारले ३० , मोटरसाइकलले ३० रुपैयाँ तिर्नुपर्ने भएको छ।
त्यस्तै प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्ने भएको हो।
यस्तो छ निर्णय