अबिरल बस्नेत ` सुरज ´
दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रमा युवाहरुको आकर्षण बढेसँगै पार्टी प्रवेशको लहर चलेको छ । बिहीबार गौरिशंकर गाउँपालिका ३ झ्याकुमा आयोजित माओवादीको चुनावी सभामा नेपाली कांग्रेस गौरिशंकर गाउँपालिका उपसचिव रिम बहादुर बस्नेत सहित कांग्रेस र एमालेका २८ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस र एमालेका विभिन्न तहका नेता कार्यकर्ताहरू रहेका छन् । जसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रको समर्थन र सहभागिता जनाउने बताएका छन्।
पार्टी प्रवेश गर्दै रिम बहादुर बस्नेतले पार्टीको नेतृत्व र माओवादी केन्द्रको कार्यशैलीलाई सम्मान गर्दै पार्टीमा समावेश भएको बताएका छन् । यस अवसरमा नेकपा माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूले पार्टीको विकास र नेपालमा सुशासनको अभियानको सफलताका बारेमा चर्चा गरेका थिए ।
यो घटनाले दोलखामा माओवादी केन्द्रको राजनीतिक प्रभावलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ भने आगामी उपनिर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारको जितका लागि नयाँ जोश र उत्साहको माहोल बनेको छ।