राजकुमार भुजेल,दोलखा।
दोलखाको गौरीशंकर गाउँपालिकामा शान्तिपूर्ण मतदान जारी छ।
आज बिहान ७ बजेदेखि गाउँपालिकाको २१ वटा मतदान केन्द्रमानै शान्तिपूर्ण मतदान जारी भएको हो। गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
सो पदका लागि १६ जना उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।