राजकुमार भुजेल,दोलखा ।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउसो १ देखि ४ वडा सम्मको मतगणना सकिँदा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत ल्याएकी छन् ।
दोस्रो स्थान एमाले उम्मेदवार उमा शेर्पाले १०१२मत पाएकी छन् । त्यस्तै ७९३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् ।
यसअघि गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङले जितेका थिए। उनको २०८० साल असारमा हृदयघातका कारण निधन भएको थियो।
अहिले अन्य वडाहरूको मतगणना जारी रहेको छ ।