दोलखा।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा बहुप्राविधिक शिक्षालयमा अब एच र फार्मेसी कक्षा यहि शैक्षिक सत्रबाट पढाई हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यबसायिक तालीम परिषदबाट सम्बन्धन प्राप्त चोरोल्पा अस्पतालमा शैक्षिक सत्र २०८१/०८२ को लागि डिप्लोमा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रमहरु संचालन हुने भएपछि शिक्षालयले भर्ना आवेदन फारम भर्न अनुरोध गरेको हो।
शिक्षालयले सञ्चालन गर्न लागेको थप डिप्लोमा कार्यक्रमहरुमा सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट), डिप्लोमा इन फार्मेसी ,प्रमाण पत्र तह ल्याव टेक्नोलोजी रहेको छ।उक्त पढाईका लागि कम्तिमा एस.एल.एल.सी/ एस.ई.ई उत्तीर्ण गरेको हुनुपर्ने छ।
आवेदन फाराम भर्ने अन्तिम मिति २८ गते सम्म रहेको छ भने पूनः प्रवेश परीक्षा हुने मिति पुष ४ गते विहिवार ८ बजे हुनेछ।