दोलखा।
दोलखामा आज छुट्टाछुट्टै स्थानमा दुइ जनाको शव फेला परेको छ । फेला पर्नेमा कालिन्चोक गाउँपालिका -९ कटुवाचौउर स्थित पार्वती ओलीको गोठमा सोही गाउँपालिका -१ बस्ने बिर्ख बहादुर थामीको छोरा २२ बर्षिया कर्ण बहादुरथामीको झुण्डिएको अवस्थामा शव फेला परेको हो भने अर्का पनि कालिन्चोक गाउपालिका -६ ओढार बस्ने ८३ वर्षिय पन्चु थामीको वडा नम्बर ४ भुत दह स्थित ढुङगाको ओढारमा मृत अबस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीका अनुसार कर्ण बहादुर थामीको शव परिवारले बुझिसकेका छन् भने पन्चु थामीको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइँदै छ।
पन्चु थामी गत महिनाको २३ गते देखी हराएकि थिइन् । उनलाई खोज्ने क्रममा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।