अबिरल बस्नेत `सुरज´
दोलखा । नेकपा माओवादी केन्द्र, गौरीशंकर गाउँपालिकाको दोस्रो सम्मेलनले युग बहादुर बस्नेतको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको छ।
शनिबार गौरीशंकर गाउँपालिका-६ गुरुम्फीमा सम्पन्न सम्मेलनले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो। उपाध्यक्षमा नेत्र बहादुर बस्नेत, दावारेन्जी शेर्पा र निमलेकी शेर्पा चयन भएका छन्। सचीवमा रोहित बुढाथोकी, सह-सचिवमा प्रकाश बहादुर खड्का र कोषाध्यक्षमा रामकुमार खड्कासहित ४५ सदस्यीय कमिटी गठन भएको नेकपा माओवादी केन्द्रका गौरीशंकर गाउँपालिका इन्चार्ज विश्वास कार्कीले जानकारी दिएका छन्।
सम्मेलनमा पूर्व मन्त्री देवि खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बलराम थापा, तथा अन्य नेता र कार्यकर्ताहरूको उपस्थिति थियो।
यस नयाँ नेतृत्वले गाउँपालिकाको विकास र पार्टीलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।