अबिरल बस्नेत `सुरज´
दोलखा । नेकपा माओवादी केन्द्र तामाकोसी गाउँपालिकाको दोस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनले राजु शर्माको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन गरेको छ।
राजु शर्मा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा रुरल यम (मणिका), बद्रि पौडेल, खड्ग विक्रम खड्का, र भवानी राउत चयन भएका छन्।
सचिव पदमा सुमन मिजार निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सिर्जना उप्रेति चयन भएकी छन्।
सम्मेलनले गाउँपालिकामा पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमहरूको कार्यान्वयनमा योगदान पुर्याउने निर्णय गरेको छ।