अबिरल बस्नेत
दोलखा । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ भीमेश्वर नगरपालिका–२, दोलखाबजारमा तीन महिने निशुल्क सिलाइ कटाइ तालिम सुरु भएको छ। सामाजिक विकास कार्यालय, धुलिखेल काभ्रेपलान्चोकको आयोजना र पर्फेट म्यानपावर ट्रेनिङ सेन्टर, काठमाडौंको समन्वयमा सञ्चालन भएको यो तालिम महिलाहरुलाई आत्मनिर्भर बनाउन केन्द्रित छ।
सोमबार उद्घाटन गरिएको तालिमको उद्घाटन पूर्व मन्त्री विशाल खड्काले गरेका थिए ।कार्यक्रममा भीमेश्वर २ का अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व अध्यक्ष बिराज श्रेष्ठ, नेकपा माओवादी केन्द्र भीमेश्वरका इन्चार्ज सुब्बा श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती, नेकपा माओवादी केन्द्र भीमेश्वर–२ का अध्यक्ष अजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
तालिममा भीमेश्वर -२ का २५ जना अति सीमान्तकृत तथा लोपोन्मुख समुदायका महिलाहरु सहभागी छन्। कुल ३९० घन्टा सञ्चालन हुने यो तालिमले महिलाहरुलाई सीपमूलक दक्षता प्रदान गरी स्वरोजगार ब न्न सहयोग पुर्याउने आयोजको विश्वास छ ।
तालिमबाट स्थानीय महिलाहरुलाई आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने तथा आत्मनिर्भर बनाउने लक्ष्य लिएको आयोजकले जनाएका छन्।