दोलखा।
दोलखामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म बृहत दोलखा महोत्सव सुरु हुदैछ। दोलखा उधोग वाणिज्य संघको आयोजनामा स्थानीय स्तरमा दोहोरी गायक गायिकाहरु उत्पादन गर्ने र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यसहित महोत्सवको अवसर महोत्सवको अवसरमा खुल्ला लोकदोहोरी आईडल-२०८१ हुने भएको हो।
संघका महासचिव सुरेश उप्रेतीका अनुसार महोत्सव १८ गतेसम्म सञ्चालन हुने भएपनि खुल्ला लोकदोहोरी प्रतियोगिता उदघाटनको भोलिपल्ट ७ गते देखि १० गते सम्म भीमेश्वर रङ्गशाला महोत्सव प्राङ्गणमा विहान १० बजे देखि सुरु हुनेछ ।
‘हालसम्म ३२ वटा टिमले आफ्नो टिम दर्ता गरिसकेका छन् त्यसभन्दा माथि जतिपनि हुनसक्छ’,महासचिव उप्रेतीले भने ‘,टिम संख्या बढ्न पनि सक्छ’,। सहभागिता हुन चाहने प्रतियोगिहरुले आउँदो फाल्गुन ३ गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद, द्वित्तीय हुने टिमलाई ४० हजार, तृत्तीय हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार रुपियाँ नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ।
दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन्न खेलहरुसहितको बाल उद्यान, होटल, कपडा,कृषि समाग्री,फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिने संघले जनाएको छ।