आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारजिरी – ८ मा वडाकै नमुना ´खेलकुद हब` को निर्माण हुँदै

जिरी – ८ मा वडाकै नमुना ´खेलकुद हब` को निर्माण हुँदै

by herdaherdaimedia
0 comments 5 views

दोलखा।

जिरी नगरपालिका –८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । वडाकै नमुना खेल मैदान निर्माण गर्नका लागि जिरी नगरपालिका -८ स्थित फुल्पिङमा धमाधम काम अघि बढाइएको छ।

गत बर्ष २०८० साल माघ २६ गतेका दिन खेलमैदान निर्माणका लागि भनी समाजसेवी राम बहादुर सुनुवार र तोक बहादुर सुनुवारले करिब ४ रोपनी भन्दा बढी जग्गा च्याने फुल्पिङ कृषि तथा पशुपालन कृषक समूहको नाममा दान गरेका थिए ।सोही जग्गामा ´खेलकुद हब` निर्माणका लागि अहिले च्याने फुल्पिङ कृषि तथा पशुपालन कृषक समूहको आफ्नै लगानीमा 

धमाधम काम भइ रहेको छ । अहिलेसम्म झन्डै ८ लाख बराबरीको काम सम्पन्न भइ सकेको च्याने फुल्पिङ कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष सागर सुनुवारले बताए । सुनुवारको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि वडामा खेल मैदान अभाव नहुने भएको छ भने खेलकुद विकासका लागि पुर्वाधार निर्माणको कामलाई तिब्रता दिइएको पाईन्छ । 

खेलकुदमा लगानी गर्नाले देशलाई ठूलो फाइदा पग्दछ । खेलकुदले देशको इज्जत राख्ने मात्र होइन, देशको बिकास पनि खेलकुद सँग जोडिएको हुन्छ । खेलकुदमा लगानी गर्नाले देशलाई ठूलो टेवा पुग्छ । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले खेलकुदको महत्त्व र विकास नितान्त आवश्यकता रहेकोले खेलकुद प्रबर्द्धनका लागि आफू लागि परेको अध्यक्ष सुनुवारले बताए ।नगरपालिकाका प्रत्येक वडा भित्रबाटै दक्ष खेलाडी उत्पादन गर्नका लागि नीतिगत रुपमा काम गरीरहेको र खेल मैदानको थप व्यवस्थापनका लागि संघ , प्रदेश र स्थानिय सरकारले पनि बजेट बिनियोजित गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्ने उहाँको भनाइ छ ।

´उहाँले भन्नुभयो ` वडा नम्बर ८ मा सोचेभन्दा निक्कै प्रभाबकारी सुबिधा सम्पन्न खेलकुद हबको निर्माण हुन्छ, तर समय लाग्छ ! हामिले देखेको सपना पूरा गर्न संघ, प्रदेश र स्थानीय तहबाट सक्दो सहयोग हुनुपर्छ । ढिलो चाडो हामि सफलतामा पुग्नेनै छौ । हामिलाई सबैको साथ, सपोर्ट र मायाको अभाब भइरहनेछ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment