आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा १ महिनामा ९ सय बढि सवारीसाधन कार्वाहीमा,७ लाख बढी राजस्व सङ्कलन 

दोलखामा १ महिनामा ९ सय बढि सवारीसाधन कार्वाहीमा,७ लाख बढी राजस्व सङ्कलन 

by herdaherdaimedia
0 comments 10 views

राजकुमार भुजेल,दोलखा। दोलखा जिल्लामा बितेको १ महिनाको अवधिमा मात्र ट्राफिक प्रहरीले ९ सय भन्दा बढि सवारीसाधनलाई कार्वाही गरेको छ भने ७ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ। 

गत वैशाख महिना भित्र ९ सय ५० वटा साना तथा ठुला सवारीसाधनहरु कारबाहीमा परेको ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी निरीक्षक ठाकुर प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त कार्वाहीमा परेका सवारीसाधनहरुबाट ७ लाख ८६ हजार ५ सय रुपैयाँ जरिवाना राजस्व सङ्कलन भएको छ। १ महिनाको अबधिमा मात्र नियम विपरित चल्ने विभिन्न यातायातका साधनहरुलाई गरेको कार्वाहि स्वरुप सो राजस्व संकलन गरिएको हो। ट्राफिक कार्यालय चरिकोट, दोलखाले वितेको महिनामा जिल्लाको सदरमुकाम चरिकोटमा ट्राफिक नियम पालना सम्बन्धि सचेतना सवारी चालकलाई गराएपनि ९ सय भन्दा बढि सवारीसाधनले नियम पालना नगरेको पाइएको थियो । जिल्लामा पछिल्लो समय ट्राफिकले ट्राफिक नियम पालना सम्बन्धि सचेतना सवारी चालकलाई गराउँदा पनि १ वटा सवारी दुर्घटना भएको थियो । सो दुर्घटना परी २ जना घाइते भएका थिए।

“हेर्दाहेर्दै” सँग गरिएको संवादमा ठुला राजनितिक दलका नेता, कार्यकर्ता, बुद्धिजिवी, शिक्षक जस्ता सरकारी सेवाले लिने व्यक्तिले नै ट्राफिक नियम उल्लघंन गरेको भेटिएको छ इन्चार्ज भट्टराईले भने, “अब जुनसुकै कुर्सिमा बस्ने व्यक्तिले ट्राफिक नियम उल्लघंन गरेको पाइएमा छोडिने छैन।” प्रहरीले यातायातका साधनहरुले लिने भाडा दर यात्रुहरुमा पर्ने समस्या ,जेष्ठ नागरिक र अपाङ्ग तथा महिला प्रति चालक र सह-चालकल गर्ने व्यवहारका बारेमा पनि कडाईका साथ अनुगमन गरि त्यसको पुर्ण कार्यान्वयनका लागि समेत ट्राफिक प्रहरी क्रियाशिल हुने उनले बताए।

त्यस्तै ट्राफिक नियम पालना सम्बन्धि सचेतना अभियान ट्राफिक कार्यालय दोलखाले सामुदायिक विद्यालयहरुमा थालनी सुरु गरेको छ। जिल्लामा हुने विभिन्न दुर्घटना तथा ट्राफिक नियम पालना सम्बन्धि सचेतनाबाट दुर्घटना र ट्राफिक नियम उल्लघंन न्यूनिकरण गर्न विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको हो । सो सचेतना अभियानमा हालसम्म ५ वटा सामुदायिक विद्यालयहरुमा प्रशिक्षण दिइसकेको छ भने जिल्ला भित्रका सबै स्थानिय तहका सामुदायिक विद्यालयहरुमा गरिने ट्राफिक कार्यालय दोलखाले जनाएको छ। जिल्लामा बितेको एक महिनामा ट्राफिक प्रहरीको सक्रियता बढ्दै जादाँ दोलखामा सवारि दुर्घटना र ट्राफिक नियम उल्लघंन न्यूनिकरण हुने देखिन्छ

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment