आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारदोलखामा १४ दिने कुक तालिम सम्पन्न 

दोलखामा १४ दिने कुक तालिम सम्पन्न 

by herdaherdaimedia
0 comments 4 views

दोलखा।

दोलखामा सञ्चालन गरिएको १४ दिने कुक तालिम सम्पन्न भएको छ। शनिबार सदरमुकाम चरिकोटमा भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।

उधोग तथा बाणिज्य कार्यलय दोलखाको आयोजना तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यावसायी संघको समन्वयमा गत पुष २८ गते देखी सदरमुकाम चरिकोटमा सञ्चालन गरिएको थियो। उक्त तालिमबाट जिल्लाभित्रका २५ जनाले सिप सिकेका छन्। उनिहरूलाई नगर प्रमुख मानन्धरले प्रमाणपत्र वितरण गरेका थिए। तालिममा रोशन कुमार भुजेलले प्रशिक्षण दिएका थिए।

त्यस्तै नगर प्रमुख मानन्धरको प्रमुख आतिथ्यता र कार्यालयका प्रमुख भाष्कर ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा कार्यालय तथा संघका पदाधिकारीहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment