आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home समाचारधरानका साधुले गरे कुटीडाडाँ माविमा अक्ष्यकोष स्थापना

धरानका साधुले गरे कुटीडाडाँ माविमा अक्ष्यकोष स्थापना

by herdaherdaimedia
0 comments 3 views

राजकुमार भुजेल,दोलखा। जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ७ स्थित कुटीडाडाँ माध्यामिक विद्यालयमा साधुले अक्ष्यकोष स्थापना गरेका छन्। मङ्गलबार धरानका “यज्ञदिल दास” नाम गरेका साधुले गरिब, विपन्न, जेहेन्दार विद्यार्थीहरुको लागि अक्ष्यकोष स्थापना गरेका हुन्।

साधुले विभिन्न ठाउँहरूबाट दान पाएको रकम जम्मा गरी विद्यार्थीहरुको लागि १ लाखको अक्ष्यकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक शङकरलाल श्रेष्ठले जानकारी दिए। उनले यस विद्यालयमा बेलाबेलामा सहयोग गर्दै महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । 

गत वर्षहरुमा यस विद्यालयमा विद्यार्थीहरूलाई व्यवसायिक सिप सिकाउनका लागि सिलाई बुनाईको मेसिन, सिपमुलक तालिम लगाएत अन्य सिपहरु प्रदान गरेको प्रधानाध्यापक श्रेष्ठले बताए। साधुले स्थापना गरेको अक्ष्यकोषको ब्याजबाट आएको रकमले गरिब, विपन्न जेहेन्दार तिन जना विद्यार्थीहरुलाई स्कलरसिप प्रदान गर्ने कार्यविधि समेत अगाडी बढाएको प्रधानाध्यापक श्रेष्ठले बताए।

त्यस्तै अक्ष्यकोष स्थापना पश्चात वडा अध्यक्ष बिनोद तामाङले साधुको प्रसंसा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट मात्र नभई वडाको तर्फबाट बधाई तथा खुसी व्यक्त गरेका छन्। साधु केहिसमय अघि महाङ्काल भगवती मन्दिरमा बस्दै आएपनि अहिले जिल्लाको उत्तरी क्षेत्र सिङ्गटीमा बस्दै आएका छन् ।

 

 

 

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment