आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारफेरि दुई तिहाईको शक्तिमा प्रधानमन्त्री ओली 

फेरि दुई तिहाईको शक्तिमा प्रधानमन्त्री ओली 

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं। चौथो पटक प्रधानमन्त्री बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

आइतबार प्रतिनिधि सभामा उपस्थित २६३ सांसद मध्ये १८८ सांसदले विस्वासको मत दिएका छन्। त्यस्तै विपक्षमा ७७ जनाले मत दिए भने १ जनाले मत दिएनन्। 

दुई तिहाई सांसदको समर्थन प्राप्त गरेका ओलीमाथि अवसर र चुनौती दुवै छ । संसद्को ठूलो दल कांग्रेसलाई नै विश्वासमा लिएका कारण ओली केही सहजतामा छन् । तर सत्ता साझेदारीमा आएका साना दल र तिनका बार्गेनिङले ओली कार्यकाललाई चुनौती थप्ने नै छ ।

अहिलेको कार्यकाल सुरु गर्नु भन्दा पहिले नै संविधान संशोधनलगायत गरिएको भनिएको ७ बुँदे सहमति कार्यान्वयन मुख्य चुनौती देखिन्छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment