आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारमधेश प्रदेशका मन्त्री सिंहले बनाए किशोरीहरूलाई साथी

मधेश प्रदेशका मन्त्री सिंहले बनाए किशोरीहरूलाई साथी

by herdaherdaimedia
0 comments 3 views

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरूले बिहीबार स्वास्थ्यमन्त्री सिंहलाई भेटेर साथी बन्न आह्वान गरेपछि मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्वीकार गरेका हुन् ।

यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनीकरण, बाल सहभागिताजस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।

एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन्।

यसै योजनाअन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरूले साथीको साइनो गाँसेका हुन् ।

किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment