राजकुमार भुजेल,दोलखा।
शहीद आवासीय माध्यामिक विद्यालय जिरीले स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ । जिल्लाको सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा गत २५ गते चलेको खेलमा सोमबार अल्पाइन पब्लिक स्कुललाई ३-० गोल अन्तरले हराउदै उपाधि हात पारेको हो ।
त्यस्तै जेम एकेडेमी जिरी तृतीय र द राइजिङ हिम्स एकेडेमी चरिकोट सान्त्वना भएको संघका अध्यक्ष सौगात थापाले बताए। उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र सान्त्वना हुने टिमलाई क्रमश: ५० हजार, ३० हजार, २० हजार, र १० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड ,मेडल र प्रमाणपत्र वितरण गरेको छ।
खेलमा १७ वटा विद्यालयहरूको सहभागीता थियो। विजेता टिमलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले पुरस्कार वितरण गरेका थिए भने उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!