आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारसाबेल प्रहार गरी आफ्नै घरमा सुतिरहेका साथीको हत्या

साबेल प्रहार गरी आफ्नै घरमा सुतिरहेका साथीको हत्या

by herdaherdaimedia
0 comments 10 views

काठमाडौं ।

मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीको हत्या गरेका छन् ।जिल्लाको  मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको आज बिहानपख साढे एक बजेको समयमा साबेलले हिर्काएर हत्या गरेका हुन ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेका थिए । उनीहरू दुवै जना प्रायजसो लोप्चनको घरमा सुत्ने गर्दथे ।

लोप्चनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment