आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार
Home समाचारस्वर्गीय धर्म‌पत्नीको स्मृतिमा एक लाख १५ हजारको अक्षयकोष खडा

स्वर्गीय धर्म‌पत्नीको स्मृतिमा एक लाख १५ हजारको अक्षयकोष खडा

by herdaherdaimedia
0 comments 5 views

दोलखा। स्वर्गीय धर्म‌पत्नीको स्मृतिमा दोलखाको मेलुङ गाउँपालिका वडा नं ३ गैरीमा रहेको चरणावती आधारभूत विद्यालयकाे वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष स्थापना गरिएको छ।

बुधबार विद्यालयको ४६ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी सदस्य कृष्ण बहादुर कार्कीले आफ्नो धर्मपत्नी मसली कार्कीकाे स्मृतिमा एक लाख १५ हजारको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले बताए।

उक्त अक्षयकोषबाट आएको ब्याजबाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए। स्वर्गीय मसली कार्की जनयुद्धको सेलटर व्यवस्थापक एवम् नेकपा माओवादी सङ्गठीत सदस्य समेत थिइन्। त्यस्तै दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता बुद्धिजिवी,शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment