२७ फागुन २०८२, बिहिवार

भर्खरै

पर्यटन / प्रकृति

जिरीको खावा डाँडामा ढकमक्क फुल्यो लालिगुराँस

वसन्त सुरु भएसँगै जंगलभरि राताम्य बने, पर्यटक र प्रकृतिप्रेमीको आकर्षण बढ्यो

हेर्दाहेर्दै डेस्क २८ फागुन २०८२, बिहिवार
जिरीको खावा डाँडामा ढकमक्क फुल्यो लालिगुराँस

Sangam Moktan

News Summary


  • जिरी (दोलखा) को खावा डाँडा आसपासका जंगलहरूमा राष्ट्रिय फूल लालिगुराँस ढकमक्क फुलेको छ।
  • वसन्त ऋतुमा फुलेका यी गुराँसले क्षेत्रको प्राकृतिक सौन्दर्य बढाउनुका साथै पर्यटकहरूलाई आकर्षित गरेका छन्।
  • तस्बिर खिच्ने र दृश्यावलोकन गर्नेहरूका लागि खावा डाँडालाई आकर्षणको केन्द्र बनाएको छ।

जिरी (दोलखा) । खावा डाँडा आसपासका जंगलहरूमा यतिबेला राष्ट्रिय फूल लालिगुराँस ढकमक्क फुलेको छ। वसन्त ऋतु सुरु भएसँगै जंगलभरि फुलेका लालिगुराँसले क्षेत्रको प्राकृतिक सौन्दर्य झन् मनमोहक बनाएको छ।

डाँडाकाँडाभरि राताम्य बनेर फुलेका लालिगुराँसका कारण जिरी आउने आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीहरू आकर्षित भएका छन्। विशेषगरी तस्बिर खिच्न र प्राकृतिक दृश्य अवलोकन गर्न आउनेहरूका लागि खावा डाँडा यतिबेला आकर्षणको केन्द्र बनेको छ।

स्थानीयका अनुसार हरेक वर्ष वसन्त याममा यहाँका जंगलहरू लालिगुराँसले ढाकिने गर्छन्। यस वर्ष पनि जंगलभरि फुलेका फूलले वातावरण नै रमणीय बनेको उनीहरू बताउँछन्।

105 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट