दोलखामा एमालेको टिकटले चर्कियो कलह, गुरुङको उम्मेदवारीसँगै विद्रोहको संकेत
पार्वत गुरुङको टिकटसँगै असन्तुष्टि सतहमा, विद्रोहको तयारी भएको चर्चा
Photo : AI
हेर्दाहेर्दै डेस्क
५ माघ २०८२, सोमवार
912
SharesNews Summary
- नेकपा एमाले दोलखामा प्रतिनिधि सभा उम्मेदवार चयनमा पार्वत गुरुङले टिकट पाएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ।
- जिल्ला कमिटीले गुरुङको मात्र नाम सिफारिस गरेपछि सुरु भएको विवादमा प्रदेश कमिटीले अन्य आकांक्षीको नाम पनि समेटेको थियो।
- अन्ततः गुरुङले टिकट पाएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन र संगठित विद्रोहको तयारी गरिरहेको छ।
दोलखा । नेकपा एमाले दोलखामा प्रतिनिधि सभा उम्मेदवार चयनले पार्टीभित्र लुकेको असन्तुष्टि सतहमा ल्याएको छ। जिल्ला कमिटीले पार्वत गुरुङको नाम एकल सिफारिस गरेसँगै सुरु भएको विवाद अहिले आन्तरिक कलहमा बदलिँदै गएको छ।
बालकृष्ण शिवाकोटीसहित अन्य आकांक्षी हुँदाहुँदै पनि जिल्ला कमिटीले गुरुङलाई मात्रै अघि सारेपछि असन्तुष्टि चुलिएको थियो। विवाद बढ्दै गएपछि बाग्मती प्रदेश कमिटीले जिल्लाको एकल सिफारिस बदर गर्दै अन्य आकांक्षीहरूको नामसमेत समेटेर केन्द्रमा पठाएको थियो।
तर अन्ततः पार्वत गुरुङले प्रतिनिधि सभा दोलखा तर्फको टिकट हात पारेसँगै एमाले दोलखाभित्रको असन्तोष खुलेर देखिन थालेको छ। स्रोतका अनुसार मनोनयन दर्ताको दिनलाई लक्षित गर्दै पार्टीभित्र ठूलो विद्रोहको तयारी भइरहेको छ। समानान्तर जिल्ला कमिटी गठनको तयारी अन्तिम चरणमा पुगेको र संगठित सदस्यहरूको हस्ताक्षर संकलनसमेत जारी रहेको बुझिएको छ।
912 Shares
हेर्दाहेर्दै डेस्क