नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी

काठमाडौं ।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ ।

भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।नेपाली सेनासहितको टोलीले खानतलासी सुरू गरेको हो ।

१५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता