गणतन्त्र दिवसको अवसरमा विगु गाउँपालिकाद्धारा शुभकामना आदानप्रदान तथा दिपप्रज्वल

दोलखा। दोलखाको विगु गाउँपालिकाले गणतन्त्र दिवसको शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । १७ औँ गणतन्त्र दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रमहरु भइरहँदा पालिकाले शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन  कार्यक्रम गरि मनाएको हो।

गाउँपालिका अध्यक्ष सञ्जिव ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेता, पालिकाका कर्मचारी,कार्यकर्ता , समर्थक, शुभेच्छुक तथा बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो।

त्यस्तै जिल्ला समन्वय समिति दोलखाले जेठ १४ देखि १६ गते सम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउँदैछ। 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता