चितुवाको आक्रमणबाट दोलखामा एक महिला घाईते

राजकुमार भुजेल,दोलखा।

दोलखामा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा तामाकोशी गाउँपालिका – ५ सहरे भंगेरी बस्ने अन्दाजी ५० कि मिना खड्का रहेकी छन्।

आज बिहान ९ बजे घरबाट दुध लिन जाने क्रममा  बाटोमा चितुवाले टोकेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानाकारी दिए।हाल खड्कालाई उपचारका लागि पशुपती चौलागाई स्मृती अस्पताल चरिकोटमा ल्याएको छ ।

उनको निधारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता