तामाकोशीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता

राजकुमार भुजेल,दोलखा ।

दोलखाको तामाकोशीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् ‌ बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २२ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब १० बजेर ४० मिनेटमा तामाकोशी नदी स्थित चैतेघाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।

अहिले उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता