देउसी भैलोबाट उठेको रकम एपेक्स स्कूलका विद्यार्थीले जाजरकोट भुकम्प पीडितका लागि पठाए

दोलखा । दोलखा भीमेश्वर नगरपालिका ३ स्थित एपेक्स स्कूलका विद्यार्थीहरुले तिहारको देउसी भैलोबाट सङ्कलन भएको रकम जाजरकोट भुकम्प पीडितका लागि सहयोग गरेका छन् ।
तिहारको १ दिन देउसी भैलोबाट उठेको १० हजार रुपैयाँ विद्यार्थीहरुले भुकम्प पीडितका लागि सहयोग गरेका हुन् ।

विहीबार एक कार्यक्रमका बीच विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो ।

स्कुलका पिन्सिपल नसिव कायस्थले सामाजिक भाईचारा र सद्भावना कायम राख्दै देउसीबापतको रकम भुकम्प पीडितका लागि सहयोग गरेकोमा विद्यालय परिवार खुशी भएको बताए । विद्यालयले दिएको सँस्कार सहितको शिक्षा प्रयोगात्मक भएको देख्दा आफु निक्कै हर्षित भएको उनले बताए ।

Related posts

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट

बिरौटा समाज मेलुङद्वारा काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

सवारी दुर्घटना न्यूनीकरणका लागि गरुड दल गणमा ट्राफिक सचेतना कार्यक्रम