दोलखाको विगुमा अन्तरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

अबिरल बस्नेत `सुरज´

दोलखा: विगु गाउँपालिकाको आयोजनामा तथा शारदा मा.वि. बुलुङको व्यवस्थापनमा अन्तरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता विगु ४ लादुकको सिङ्गटि बजारमा रहेको खोलिखिमको खेलमैदानमा बुधबारदेखि सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन विगु गाउँपालिका अध्यक्ष सन्जिब ओलीले गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा विगु गाउँपालिका भित्रका ११ विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता