राजकुमार भुजेल,दोलखा। दोलखामा ट्राफिक प्रहरीको सक्रियता बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय चरिकोट, दोलखाले वैशाख महिना भित्र सदरमुकाम चरिकोट लगायत मुख्य बजार क्षेत्रमा दुई हप्ताको अवधिमाना २ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान दोलखाको लामोसाँघुजिरी सडकखण्डमा अन्तर्गत भीमेश्वर नगरपालिका-६ महादेव खोलामा ट्राफिक कार्यालय दोलखाले चेकजाँचका क्रममा बा ९३ प ५०९५ नम्बरको मोटरसाइकल फेला पार्यो। उक्त मोटरसाइकललाई ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताब साथमा नभएको अवस्थामा भेट्यो। उक्त मोटरसाइकलको महत्वपूर्ण कागजात नभेटेपछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा भक्तपुरबाट हराएको मोटरसाइकल नयाँ नम्बर प्लेट परिवर्तन गरि चलाएको खुल्न आयो ।
गत साता पनि चरिकोटमा जिल्ला ट्राफिक कार्यालय दोलखाले काठमाडौँको गोकर्णेश्वर नगरपालिका१ मा बस्ने विमल खड्काको वागमती प्रदेश ०२-०२८ प ८२२९ नम्बर प्लेटको मोटरसाईकल फेला परेको थियो।