पाँचखालमा जलाइएकाे अवस्थामा फेला परेको शव दोलखाका विष्णु सुवेदीको भएको पुष्टि 

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिक रुखमा बाँधेर जलाइएको शवको पहिचान खुलेको छ । उक्त शव दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । 

ललितपुरको टिकाथली बस्दै आएका उनी गएको २३ वैशाखदेखि बेपत्ता भएका थिए । उनको शव २८ वैशाखमा फेला परेको थियो । अहिले उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता