भोलि तामाकोसी नदिमा पानीको सतह घटबढ हुने, सुनकोशी नदिको दोभानसम्म सावधानी अपनाउन आग्रह 

राजकुमार भुजेल

दोलखा, ५ असोज आइतबार तामाकोसी नदिमा पानीको सतह घटबढ हुने भएको छ। विगु गाउँपालिका – १ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गर्ने भएकाले पानीको सतह घटबढ हुने भएको हो।

शनिबार तामाकोसी जलविद्युत केन्द्रले एक सुचना सार्वजनिक गर्दै तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, दुनिटार, जामुने, भोलें, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह घटबढ हुने बताएको छ।

जसबाट कुनैपनि क्षति हुन नदिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म तामाकोशी नदिमा माछा मानें, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तानें जस्ता कार्यहरू नगर्न/नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न आग्रह गरेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता