दोलखा, भदौं १५ : शैलुङ गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५ अंक र संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८०.२५ अंक प्राप्त गर्दै जिल्लाभरिमा पहिलो स्थान हासिल गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा रहेको यस पालिकाले पारदर्शिता, जवाफदेहीता र समावेशी सुशासनमार्फत यो उल्लेखनीय सफलता प्राप्त गरेको हो।
यसै उपलब्धिका आधारमा, जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको १०औं जिल्ला सभाको अवसरमा शैलुङ गाउँपालिका विशेष रुपमा सम्मानित गरिएको छ।