सिङ्गटी दोभानमा हामफालेर एक वृद्ध बेपता 

दोलखा। जिल्लाको विगु गाउँपालिका सिङ्गटी दोभानमा  हामफालेर एक वृद्ध बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही गाउँपालिका – ५ का अन्दाजी ७४ वर्षिय गोम्बे नारायण नेवार रहेका छन्।

शुक्रबार साँझ करिब साढे ५ बजे पालिकाको वडा नम्बर ४ स्थित सिङ्गटी दोभान भन्ने ठाँउबाट नेवार हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ। स्थानियले  दोभानबाट नेवारले हामफालेको खबर दिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। उक्त स्थानमा पुगेपछि प्रहरीले भिजेको अवस्थामा लालपुर्जा फेला पारेको थियो।

अहिले नेवारको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता