अबिरल बस्नेत ` सुरज ´
दोलखा: शैलुङ गाउँपालिकामा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षता र शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल प्रहरीका नायव उपरीक्षक युवराज खड्का र सशस्त्र प्रहरी बलका नायव उपरीक्षक शम्भु बिक्रम शाहले लागू औषध नियन्त्रणका विषयमा महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा शैलुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सामाजिक शिक्षक, स्थानीय बाल क्लबका प्रतिनिधि, आमा समूहका सदस्य र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।