दोलखा ।
जिल्ला प्रशासन कार्यालय दोलखाले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा आग्रह गरेको छ।
आइतबार प्रशासनले एक सूचना जारी गर्दै फागुपूर्णिमा (होली) मनाउने नाममा कुनै पनि अवाञ्छित गतिविधिहरु जस्तै कोही कसैको इच्छा विपरित रङ्ग, लोला तथा पानी छ्याप्ने, इच्छा विपरित कसैलाई लागु पदार्थ, मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक ठाउँहरुमा होहल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जिबनमा असर पर्ने खालका कार्यहरु नगर्न आग्रह गरेको हो।
जिल्ला अधिकारी शिमराम गेलालद्धारा हस्ताक्षरित गरेको उल्लेख सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कार्य लगायत गतिविधिहरु गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।