दोलखा। दोलखाको सदरमुकाम चरिकोटमा विद्युतीय गाडी चार्ज गर्नको लागि भिमेश्वर चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। सदरमुकाम चरिकोट भि.न.पा.६ पाटिखोलामा रहेको भिमेश्वर आयल स्टोर सँगै सोमबार देखि चार्जिङ स्टेशन सञ्चालनमा आएको हो।
उक्त चार्जिङ स्टेशनबाट CG KYC / DIGO / KING LONG / HIGAR.जस्ता विभिन्न GBT चार्जिङ पोट भएको एक पटकमा ४ वटा सम्म गाडीहरू ले सेवा लिन सकिने बताइएको छ ।विधुतिय गाडिको मुख्य अङ्ग नै ब्याट्री र ब्याट्री हेल्थ भएकोले ब्याट्रीमा हुने जोखिमलाई मध्यनजर गरि उक्त भिमेश्वोर चार्जिङ स्टेशन मा ६० किलो वाट र ४० किलो वाट को ISO 9001 गुणस्तर प्रमाणित मेसिनहरु जडान भएको सञ्चालक दावा लामाले जानकारी दिए।
“दोलखा एक धार्मिक तथा पर्यटकीय हिसाबले पर्यटकहरुको चहलपहल बढ्छ । जसका कारण याहाका विभिन्न मठमन्दिरमा बाह्य भक्तालुहरु हरुको भिडभाड हुन्छ । उनिहरुले विधुतीय सवारी साधन प्रयोग गरेको छ भने दोलखा मा चार्जिङ स्टेशन नभेटिने हो कि भन्ने चिन्ता लिनु पर्ने बाध्यात्मक अवस्था भने अब छैन संचालक लामाले भने”, “पर्यटक हरुले अब ढुक्क सङ्ग ले आफ्नो इलेक्टि्रकल सवारी साधन लिएर दोलखा घुम्न आउनुहोस !”
त्यस्तै जिल्लाका विभिन्न ठाउँहरूमा पनि अन्य चर्जिङ स्टेशनपनि रहेका छन् । बिधुतिय सवारी साधनले सुलभ मूल्यमा चार्ज गर्न सक्नेछन्।त्यस्तै यो भिमेश्वर चर्जिङ स्टेशनबाट छिटो चार्ज हुने पनि स्टेशनले जनाएको छ।