देवकी थापा/विज्ञान प्रविधिको विकासले मानिसको दैनिक क्रियाकलापलाई सजिलो पारेको छ । यसैको विकासले आजको समाज प्रविधिमैत्री बनेको छ । हरेक मानिसहरू प्रविधिलाई अपनाउन जानिसकेका छन् । अर्कोतर्फ प्रविधिकै प्रयोग गरेर मानिसहरू आआफ्ना दैनिक गतिविधि र व्रिmयाकलापलाई सहज बनाइरहेको पनि पाइन्छ । यस्तै प्रविधिले सञ्चार क्षेत्रमा पनि आमूलपरिवर्तन ल्याइदिएको छ । सञ्चार क्षेत्रमा भएको अविष्कार र प्रविधिको विकासले सूचना आदानप्रदान प्रव्रिmयालाई सहज बनाएको छ । हरेक मानिसलाई सुसूचित पारेको छ । समाजको ऐनाकै रूपमा रहेको सञ्चार क्षेत्रलाई प्रविधिले सहज बनाएपछि सञ्चार माध्यमको सङ्ख्या पनि बढिरहेको छ ।
यद्यपि प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा भने चुनौती थपेको पनि छ । आजका हरेक मानिस चतुर र आतुर बनाएको छ । किनकि उनीहरू छिटो छिटो सूचना लिन चाहन्छन् । उनीहरूको इच्छानुसार समाज तथा सूचना पस्कनु सञ्चार माध्ययमको दायित्व हो । समाजमा मागअनुसार नै सत्य, तथ्य र विश्वसनीय सूचना समाचार आमसञ्चार माध्यमहरूले दिन सक्नुुपर्दछ । यो सञ्चार माध्यमको दायित्व हो ।
कुनै बेला आवश्यक सङ्ख्यामा सञ्चार माध्यम नभए पनि अहिले भने आवश्यकताभन्दा बढी सञ्चार माध्यम छन् । ती सञ्चार माध्यमको एउटै उद्देश्य समाजलाई सूचना दिनु नै हो । तर सूचनाको खेती गर्ने जिम्मेवारी बोकेका स्थापना भएका धेरैजसो सञ्चार माध्ययम अहिले आफ्नो दायित्वभन्दा बाहिर छन् । उनीहरूले आफ्नो सूचना र समाचारप्रतिको दायित्वलाई कम बुझेझँै लाग्छ ।
संसारभरिकै सञ्चार क्षेत्रको विकासलाई हेर्दा नेपालमा सञ्चार माध्ययमको विकास ढिलो भएको पाइन्छ । तर अझै पनि नेपालको भूूगोलका हिसाबले पनि स्थानीय क्षेत्र अधीक ओगटेका कारण त्यस क्षेत्रका मानिस सहज रूपमा सुसूचित हुन पाइरेहेका छैनन् । त्यहाँको जनजीवनलाई सूूचित गर्ने किसिमको पत्रकारिता अझै सुरु भए जस्तो लाग्दैन किनभने ग्रामीण तथा स्थानीय स्तरमा सहर बजारमा झँै विज्ञान प्रविधिको सहजता छैन ।
स्थानीय सञ्चार माध्यमको सङ्ख्या धेरै, दायित्व कम
अहिले स्थानीय स्तरमा सञ्चार माध्यमको सङ्ख्या धेरै छ । अझ इन्टरनेटको विकाससँगै हरेक टोल टोलमा अनलाइन सञ्चार माध्ययमहरू छन् । तर ती सञ्चार माध्यमले स्थानीय स्तरमा निभाएको भूमिका भने न्यूनस्तरको छ । स्थानीय मानिस के चाहन्छन् र स्थानीय सञ्चार माध्यमले कस्ता कस्तो समाचार पस्कनु पर्छ भने जानकारी धेरै सञ्चारकर्मीलाई छैन । अर्कोकुरा स्थानीय सञ्चार माध्यम स्वार्थमा केन्द्रित भइरहेका छन् । उनीहरूले समाजको समस्यालाई कमै मात्रामा उठान गर्छन् । आफ्नो रुचि र स्वार्थका समाचारलाई बढी प्राथमिकता स्थानीय सञ्चार माध्यमले दिइराखेको पाइन्छ । त्यसकारण पनि स्थानीय सञ्चार माध्यमहरूले स्थानीयपनलाई समेट्ने र उनीहरूलाई सुसूचित गराउने कुरामा बढी जिम्मेवार हुन जरुरी छ । तर दुःखको कुरा नेपालमा सञ्चारमा माध्यमको सङ्ख्या बढी भएपनि त्यो संख्या सहरी र विकसित क्षेत्रमा मात्रै सीमित छ । ग्रामीण क्षेत्रमा सुसूचित गराउने सञ्चार माध्यम न्यून छन् ।
पत्रकारिता पेसा आफँैमा संवेदनशील पेसा हो । यो पेसामा रहनेले संवेदनशीलताबारे निकै ध्यान दिन आवश्यक छ । समाजमा रहेको समस्या र विकृतिलाई स्थानीय सञ्चार माध्यमले चासोका साथ सम्प्रेषण गर्न आवश्यक छ । त्यस्तै पत्रकारितामा राजनीतिक तथा दलगत झुकाव पनि पाइन्छ । तर स्थानीय स्तरमा पत्रकारिता गर्दा दलीय आस्थालाई चासो दिँदा त्यसले सञ्चार क्षेत्रकै हित गर्दैन भने समाजमा सञ्चारमाध्यमप्रति अविश्वास बढ्दै जान्छ । समाजका घटनालाई कसरी मिडियामा उतार्ने भन्ने सवाल निकै महŒवपूर्ण छ ।
राज्यले नेपाली आमसञ्चार, सञ्चारकर्मी र आम मिडिया जगतलाई चौथो अङ्गको रूपमा पारिभाषित गरेको छ । तर यो मौखिम परिभाषा मात्रै हो । पत्रकारिता जीवनमा हामीले अध्ययन गरेको समाज, हाम्रो पत्रकारिता र पत्रकारको भूमिका व्यवहारमा त्यसको प्रयोग स्थानीय क्षेत्रबाट हुन जरुरी छ । हामीलाई समाजको मूल्य मान्यता ग्रहण गर्ने अवस्था, आस्थाको परिचय, उमेर परिपक्कताको परिचय, संस्थागत जिम्मेवारीको परिचय पहिलो स्थानमा राख्नुपर्छ ।
पत्रकारिता अन्य पेसा जस्तो होइन
पत्रकारिता पनि अन्य पेसा जस्तो हो । तर यो निकै नै फरक पेसा हो । यसलाई अहिले व्यवसायको रूपमा धेरैले लिने गरेको पनि पाइन्छ । तर यो मर्यादा, जबाफदेहिता र उत्तरदायित्वसहितको पेसा हो । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ व्रmान्ति आएको छ । सञ्चारक्षेत्रलाई केवल सीमितताभित्र प्रयोग गरिरहेको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि परिवर्तन आएको छ । त्यसैले पत्रकारिता पेसालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा प्राय इलेक्ट्रोनिक (विद्युतीय) र प्रिन्ट (छापा) दुवै क्षेत्रको मिडियामा सञ्चार उपकरणको अभाव र प्राप्त तालिम ज्ञानको अभाव भइरहेको पाइन्छ ।
पत्रकारितामा विचार, प्रव्रिmया, आदर्श, निष्ठा, सिद्धान्त सबै मौन भएको हामी पाउँछौँ । समयको विकास अनि परिवर्तनसँगै ज्ञान, चिन्तन र अनुशासनको निरन्तरता र विकास पत्रकारितामा पनि भेटिनु पर्ने हो । कयौं परिवर्तनहरूसँगै ज्ञान, चिन्तन र अनुशासनमा लामो पत्रकारिताको इतिहास मुलुकले बाँकी रहँदा यी यथावत कुरामा परिवर्तन र निरन्तरता नहुँदा, पत्रकारिताका नाउँमा भएका कयौं परिवर्तन आज अर्थहीन साबित भइरहेका छन् ।
यसो गर्दा विश्वसनीयता गुम्न सक्छ
पत्रकार र पत्रकारिताको सबैभन्दा ठुलो सिद्धान्त विश्वसनीयता हो । यो पत्रकारको सबैभन्दा ठुलो पुँजी पनि हो । यदि पत्रकारले विश्वसनीयता गुमायो भने त्यो सञ्चार माध्यम र सञ्चारकर्मीलाई विश्वास समाजले गर्दैन । जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठुलो उपलब्धी मान्न सकिन्छ । पत्रकारिताले लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्न सक्नुपर्दछ । यसैमा पत्रकारिताको पेसागत सम्मान, मर्यादा र अधिकार अन्तरर्निहित रहेको पाइन्छ । समाज हिजो निकै साघुँरो अवस्थामा थियो । त्यस्तै पत्रकारिता हिजोका दिनमा हस्तलिखित पनि थियो । तर अहिले आधुनिक प्रविधिको प्रयोगबाट प्रकाशन भएका छन् । पत्रकारिताका लागि विभिन्न आधुनिक उपकरणका विकाससँगै यस्ता कुराका प्रयोगले पत्रकारितामा केही नवीनतम परिवर्तनको आभास भइरहेको छ । तर लामो पत्रकारिताको इतिहास मूलुकले बोकी रहँदा जुन कुरामा वास्तविक गुणस्तरीय परिवर्तन देखिनु पर्ने हो, त्यो वास्तवमा भने देखिएको छैन । यो निकै नै दुःखद कुरा हो ।
पत्रकारिता कला हो । यो पेसामा रहन कला चाहिन्छ । उच्च सुझबुझ र ज्ञान भएको मानिसले मात्रै निष्पक्ष पत्रकारिता गर्न सक्छ । अर्को कुरा क्षमता र शैक्षिक ज्ञान पनि पत्रकारमा हुन आवश्यक छ । कुरा त पत्रकारितामा उसको व्रिmयाशीलता, निरन्तरता र पत्रकारिता सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञानको प्रथम त योगदान हो जस्तो लाग्छ एक पत्रकारका लागि । अब प्रश्न उठ्छ शैक्षिक अध्ययन र व्यावहारिक शिक्षाका कमि रहेका पात्रहरू यदि पत्रकारितामा हाबी रहनु भनेको दिनप्रतिदिन पत्रकारिता चुनौतीका दिशामा लम्किनु सिवाय केही सम्भावना देखिन्न किनकि उसले बुझ्न सक्यो भने मात्रै पाठक, दर्शक स्रोतालाई बुझाउन सक्छ । अर्को कुरा पत्रकारिता विषय आफैमा अध्ययन गर्नुपर्ने विषय भएकोले पत्रकार बन्नका लागि अध्ययन अति आवश्यक रहेको मानिन्छ । अध्ययन विनाको पत्रकारिता हामीले कल्पना पनि गर्न सकिँदैन । तर यहाँ वर्तमानमा देखिएका अधिकांश पत्रकारहरूमा पत्रकारिता गर्ने आवश्यक शैक्षिक योग्यता पनि हामी पाउँदैनौ भने व्यावहारिक शिक्षाको कतिपय पत्रकारमा शून्य नै रहेको देखिन्छ ।
यसको असर पत्रकार र पत्रकारितालाई नै पर्ने छ
आज जनमानसमा पत्रकार, पत्रकारिता भनेको नकरात्मक कुरा लेख्ने, बोल्ने पात्र हुन् र आमसञ्चार माध्यमहरू समाज सचेतनाको नाममा गलत कुरा मात्र औंल्याउने र देखाउने थलो हुन भन्ने परिसकेको छ । अब त्यस्तो चुनौतीको पार लाग्ने गरी पत्रकारिता गर्नुपर्ने छ । यसबारेमा सञ्चार माध्यम मात्रै नभएर तीनमा कार्यरत पत्रकारले बढी चासो दिनुपर्छ । अन्यथा भोलि विश्वास गुम्ने डर देखिन्छ । अहिले हाम्रो पत्रकारिता टिकाउ, बिकाउ र सिकाउको अवस्थामा छ । भन्नको अर्थ आमसञ्चारमा पस्केको सामग्री कति बिक्छ ?
समाजमा देखिने गलत प्रवृत्ति, विकृति विसङ्गति विरुद्धको आवाज भनेका छौं । त्यसो नभएर विसङ्गति निवारण अभ्यास भन्न जरुरी छ । कहिलेकाहीं समाजका हामी पत्रकार पात्रहरूसमेत त्यहाँ हुन्छौं, भेटिन्छौं किनकि यही समाजका उत्पादन हौं । पत्रकारिता कर्म गर्दैमा दुधले नुहाएको अभिनय गर्नु, त्यस्तो पात्र हो भनेर हामीमा दम्भ प्रकट हुनु, अन्तरमनको भ्रम पनि हुन सक्छ । पत्रकारिताले समाचार लेखेर धारोसम्म पानी आउँदैन, कुप्रथा हट्दैन, विभेदको पूर्ण निरूपण हुँदैन, भ्रष्टचार, अनियमितता घट्दैनन् तर अभ्यास विवृmति हटाउन र चेतना अभिवृद्धि गर्नका लागि गर्ने हो । नियमनकारी नभएपनि निगरानीको प्रयत्न गर्ने हो तर कहिलेकाहीं हाम्रा कलमहरू विग्रह र विद्रोहका लिंगमा उभिँंदै गर्दा, आलोचनात्मक चेतसहितको खबरदारी गर्दै गर्दा, स्वयं पत्रकार र उसको पत्रकारितामा निजी वा समूहगत स्वार्थका बाछिटाहरू देखिन्छन् । त्यसमा केही राजनैतिक चिन्तन, प्रवृत्ति र आशयहरूसमेतको मिलावट हुन्छन् । त्यसकारण समाजलाई अर्थहीन बाटोका लागि यो पेसा आवश्यक होइन । पेसाले अधर्म गर्न सिकाएको पनि छैन । तर समाजबाट सिकेका सकारात्मक कसर अघि सार्ने र नकरात्मक सवाललाई सही विश्लेषण गरी पस्कने क्षमता राख्यौं भने, भूगोल, ठाउँ विशेष र गाउँ भनेर पत्रकारिता ओझेलमा पर्दैन । क्षमताको विकास, सवालमा सही दृष्टि र कर्ममा सिर्जनशीलताले समाजलाई फाइदा नै पु¥याउँछ । तर पत्रकारितामा जथाभावी रहिरह्यो भने त्यसले समाजको भलो गर्दैन ।
यसरी सुध्रिन सक्न स्थानीय पत्रकारिता
पछिल्लो समय पत्रकारितामा कयौं विकृति र विसङ्गति देखा परेका छन् । एकले अर्कालाई कसरी सिध्याउन, कसरी बदनाम गर्नेे, कसरी फाइदा लिने र समग्र नेपाली पत्रकारितालाई नै प्रभावित पार्नेसम्मका हर्कत कतिपय स्थानीय सञ्चार माध्यमले गरेको छन् । यसबारे स्थानीय सञ्चार माध्यम जिम्मेवार हुन जरुरी छ । अहिले कतिपय युट्युव, फेसबुकद्वारा चलाइने सामाजिक सञ्जालले त झन थप नेपाली पत्रकारितालाई ध्वस्त पार्दै छन् । यसले गर्दा वास्तविक पत्रकारलाई नै बदनाम र पेसाकै बेइज्जत गरेका छन् । यसो हुनु नितान्त हानिकोे कुरा हो । त्यसैले पत्रकार र सञ्चारमा माध्यम समाजमा जिम्मेवार हुन जरुरी छ ।