कास्की । कास्कीको रुपा गाउँपालिका वडा नं. ६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिबार प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका वडा नं. ६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको मृत्यू भएको हो ।
दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।