दोलखा । नेकपा एमाले बिद्यार्थी संगठन अनेरास्ववियु को २१ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट रामचन्द्र केसीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा सुवोध पोखरेल ,विजय मोक्तान , विपिन्द्र खतिवडा र सचिवमा सुदिप पोखरेल ,सह सचिवमा बिष्णुराज गुरुङ , सुदिप जिरेल र प्रमिला दाहाल रहेका छन् । कोषाध्यक्षमा उमेश रोकाया सर्वसम्मत निर्वाचित भएका छन् ।