भिमेश्वर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ ।
निर्माण हुन लागेको १० कोठे सुबिधा सम्पन्न भवनको भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले शिलान्यास गरेका हुन् ।
भिमेश्वर नगरपालिका वडा नम्बर ५ को महेन्द्रय मा. बि माटी नजिकै उक्त भवन निर्माण हुन लागेको छ ।
लगभग १ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरेर निर्माण हुन लागेको उक्त सुबिधासम्पन्न भवनबाट वडावासीका सरोकार जोडिएका अरु विकास निर्माण सम्बन्धि कार्यहरु सहज हुने विश्वास गरिएको छ । यो बर्ष भित्रै नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठले बताए ।
यसको निर्माण कार्य २०८१ सालको असार भित्र भइसक्नेछ ।
कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर , उप – मेयर कमला बस्नेत , वडा अध्यक्ष बासु श्रेष्ठ , नेपाली कांग्रेसका नेता बाबुकाजी बस्नेत लगायतको उपस्तिथि रहेको थियो ।