नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा खोज पत्रकारिता तथा डिजिटल तालिम सुरु भएको छ । विहीबारदेखि दोलखाको सदमुकाम चरिकोटमा तालिम सुरु भएको हो।
तालिमलाई भिमेश्वर नगरपालिकाका उप-मेयर कमला बस्नेतले उद्घाटन गरेकी हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाका अध्यक्ष अर्जुन पाख्रिनको अध्यक्षता भएको उक्त तालिमको पहिलो दिन भिमेश्वर नगरपालिकाका वडा न. ६ का अध्यक्ष नवीन लामा , प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, नेपाली कांग्रेस दोलखा क्षेत्र नं. २ का उप- सभापति सुवास लामा , पत्रकार महासङघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा , पत्रकार महासङघ दोलखाका सचिव दिल बहादुर केसी, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले लगायतले मन्तब्य राखेका थिए ।
तालिममा २५ जनाको सहभागिता रहेको छ । तालिम २५ गते सम्म चल्नेछ ।