राजकुमार भुजेल, दोलखा। सदरमुकाम चरिकोटमा ५ दिने खोज पत्रकारिता तथा डिजिटल तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा गत २१ गते देखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा २५ जना सहभागी भएका थिए । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । फोनिजका अध्यक्ष अर्जुन पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रीजन कुमार घिमिरे, फोनिजका पुर्वअध्यक्ष जीवन लामा तथा रेडियो भिमेश्वरका स्टेशन म्यानेजर गोकर्ण प्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त राखेका थिए। तालिमको सहजीकरण भने पत्रकार केदार शिवाकोटी, भोल खतिवडा, भिमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाई, पत्रकार जीवन लामा र नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव दिल सागर पौडेलले गरेका थिए।