२७ , दोलखा । गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले असार २५ गतेको बाढीले क्षतिग्रस्त बनाएको चंखु हुँदै मार्बु पुग्ने सडकको अनुगमन गरेका छन् ।
विहीबार गाउँपालिका अध्यक्ष कार्कीसहित नेकपा माओवादी केन्द्र दोलखाका संयोजक ज्योति श्रेष्ठ र सचिव सन्तोष केसी सहितको टोलीले बाढीले सडकमा पुर्याएको क्षतीको स्थलगत निरिक्षण गरेका हुन् ।
निरिक्षणपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले क्षतीको एकिन गरी सडक निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिनुभयो । बाढीले विद्युत सेवा अवरुद्ध भएपछि संचार प्रक्रियामा समेत असर परेको भन्दै उहाँले
नयाँ पोल र तारको बस्तोबस्त गरी विद्युत सेवालाई सुचारु गराउने बताउनुभयो ।
भारी वर्षाका कारण आएको बाढीले गौरीशंकर गाउँपालिकाको गाउँपालिका वडा नम्बर ६ चंखुदेखि वडा नम्बर ७ मार्बु जोड्ने सडक अवरुद्ध भएको छ । बाढिले दुईवटै वडाका विद्युत तथा टेलिफोन सेवा अवरुद्ध भएको छ भने मार्बुमै रहेको खानीखोला जलविद्युत आयोजनामा समेत क्षती पुर्याएको छ ।