2दोलखा । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ विगु गाउँपालिका ४ लादुक स्थित शान्ति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
प्रतियोगीताको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्कीले गरेका हुन् । उद्घाटन कार्यक्रम सँगै प्रतियोगीतामा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए । गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा भलिबल, कबड्डी, दौड, शटपुट, हाइजम्प, लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ ।
खेल उद्घाटन कार्यक्रमको अध्यक्षता विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओलीले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा कार्की, विशेष अतिथि गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठ लगायत अतिथिमा सोही वडाका वडाध्यक्ष, नेकपा माओवादी केन्द्रका प्रदेश १ का संयोजक पुष्कर अधिकारी, पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो ।