राजकुमार भुजेल ,दोलखा । पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा उत्पादन भइरहेका ठुला जलविद्युतबाट देश र जनताको आम्दानी बढाउन सकिने बताएका छन् । शनिबार सदरमुकाम चरिकोटमा एकिकृत समाजवादी दोलखाको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
राष्ट्रिय गौरवको रुपमा रहेको ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयाेजनाको चर्चा गर्दै नेपालले भारत, चीन, बङ्गलादेश जस्ता छिमेकी मुलुकलाई विजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने धारणा राखे।
छिमेकी मुलुकहरुले डिजेल, मटि्टतेल जस्ता इन्धन बेचेर समृद्ध बनिरहेका नेपालले पनि बन्द खानी तथा उद्योगलाई संचालन गरि आम्दानी बढाउन सक्ने उनले बताए ।
‘यस्ता काम नेपालीले गर्न नसकेको खण्डमा छिमेकी राष्ट्रहरुको सहयोग लिएर पनि विदेशी लगानीमा देश समृद्ध पट्टि लम्किने काम गरिनुपर्छ’ उनले भने । तर नेपालमा छिमेकी मुलुकले विभिन्न खाले कुराहरु भनेपनि नेपालको हितको केन्द्रविन्दुमा राखेर
कामहरू गरिनुपर्ने जिकिर गरे।
देशलाई गरिबीबाट समृद्धितर्फ लैजान बिजुली उत्पादन, पर्यटन प्रवर्द्धन,उद्योग कलकारखाना, कृषि उत्पादन, जडिबुटी , सिँचाइ तथा विजान र प्रविधिको कुरामा विशेष जोड दिनुपर्ने उनको भनाई थियो।