राजकुमार भुजेल , दोलखा । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) विगु गाउँपालिकाको तेस्रो भेला सम्पन्न भएको छ। मङ्गलबार पालिकाको वडा नं ४ स्थित सिङ्गटीमा वाइसिएल बागमती प्रदेशका संयोजक साजन अधिकारीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले १ महिना भित्र पुनः भेला बसी नयाँ नेतृत्व चयन गर्ने साथै जिल्ला र प्रदेशमा प्रतिनिधि समेत पठाउने निर्णय गरेको छ। त्यस्तै, वाइसिएल विगु गाउँपालिकाका अध्यक्ष विमल ओलीको अध्यक्षतामा सम्पन्न भएको तेस्रो भेलामा वाइसिएल बागमती प्रदेशका संयोजक साजन अधिकारी, वाइसिएल दोलखाका संयोजक साङ्गे शेर्पा, नेकपा माओवादी केन्द्र कालिन्चोक गाउँपालिका अध्यक्ष नवराज अर्याल, गौरीशंकर गाउँपालिकाका पार्टी सचिव दावा शेर्पा, विगु गाउँपालिका नं ४ का अध्यक्ष रामचन्द्र खड्का, गौरीशंकर गाउँपालिकाका वाइसिएल इन्चार्ज विनोद तमाङ लगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने पार्टिका कार्यकर्ता, बुद्धिजिवी लगाएतको सहभागीता रहेको थियो ।